बाढी-पहिरोका कारण ३ वटा राजमार्ग बन्द, १५ वटा सडक एकतर्फी
काठमाडाैं | साउन २, २०८०
तस्बिर फाइल
काठमाडौं: बाढी-पहिरोका कारण ३ वटा राजमार्ग बन्द छन् । १५ वटा सडक एकतर्फी मात्रै सञ्चालन भइरहेका सडक विभागले जनाएको छ ।
सडक विभागका अनुसार मेची राजमार्गको केचना-चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक–ताप्लेजुङ-ओलाङचुङ्गगोला सडक खण्ड अवरूद्ध छ । यो राजमार्ग असारको पहिलो हप्तादेखि नै बन्द छ ।
त्यस्तै तमोर करिडोरअन्तर्गतको चतरा-मूलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने सडक र तानसेन-रिडी-कोरला सडक बन्द छ ।
विभागले अहिलेसम्म ९४ वटा सडक अवरूद्ध भएका र त्यसमध्ये ७६ वटा दुवैतर्फ सञ्चालनमा रहेको पनि जानकारी दिएको छ । काठमाण्डौसँग मुख्य नाका जोडिएको नागढुङ्गा–नौबिसे तथा मुग्लिन नारागणगढ सडकमा केही दिनयता सामान्य रुपमा गाडी चलिरहेका छन् ।
पहिरोको जोखिम रहेकाले मुग्लिन नारागणगढ सडकको यात्रा गर्नु अघि सडकको अवस्था बुझ्न प्रहरीले आग्रह गर्दै आएको छ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

